शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डा.गोविन्द केसीले १७ औँ अनशन डडेल्धुराबाट सुरु गर्ने

सोमबार, १८ कात्तिक २०७६, १६ : ०२
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ– प्राध्यापक डा.गोविन्द केसीले आजदेखि १७ औँ अनशन डडेल्धुराबाट सुरु गर्ने भएका छन् । १६ औँ अनशनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नभएको र अहिलेसम्म सरकारले छलफलका लागि नबोलाएपछि डा. केसीले अनशन सुरु गर्न लागेका हुन् । १६ औं अनसन इलाममा बसेका डा.केसी १७ औँ अनशनको लागि अहिले डडेल्धुरा पुगिसक्नुभएको  उनका सहयोागी प्रितम सुवेदीले जानकारी दिए ।

तर अनसनस्थल डडेल्धुराको अस्पताल वा अन्य स्थानमा हुने भन्ने कुराको टुंगो लागिसकेको छैन । त्यस्तै कति बजेदेखि अनसन सुरु गर्ने भन्ने कुरा समेत अहिलेसम्म टुङ्गो नलागेको उनका सहयोगीहरुले बताएका छन् ।  प्रा.डा. केसीले मेडिकल शिक्षाको बेतिथि हटाइनुपर्ने माग गर्दै २०६९ असार २१ देखि अनसन सुरु गरेका हुन् । 

यस्ता छन् डा. केसका १७ औँ अनशनका मागहरुः
१. २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

२.विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

३.आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।

४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।

५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस  कार्यक्रम सञ्चालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नूपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने ।

६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप