इन्द्रावती–८ मा नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

सिन्धुपाल्चोक– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मङ्सिर १४ को उपनिर्वाचनका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएका छन् । यसअघि निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन हुँदैछ ।
नेकपाले केदारनाथ आचार्य र काङ्ग्रेसले अशोक तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गाउँपालिकास्तरीय निर्णय सर्वसम्मतिले जिल्ला कार्यसमितिलाई बुझाइएको छ । उक्त वडामा नेकपा र काङ्ग्रेसबीच नै प्रतिस्पर्धा हुने आँकलन छ । उपनिर्वाचनमा एक हजार ४०४ मतदाता सहभागी हुँदैछन् ।
यसअघि सो वडामा काङ्ग्रेस विजयी भएको थियो । निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तीन ३६४ मत ल्याएका थिए । निकटत्म प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले ३५५ मत ल्याएका थिए भने एमालेका सम्पूर्ण तामाङले २२१ र राप्रपाका पूर्णबहादुर तामाङले चार मत मात्रै ल्याएका थिए । श्रेष्ठसँग माओवादीका आचार्य ७ मतले मात्रै पराजित भएका थिए । उनै आचार्यलाई अहिले पनि उम्मेदवारमा अघि सारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु