सुकुटे बस दुर्घटना: १७ यात्रुको सनाखत
![सुकुटे बस दुर्घटना: १७ यात्रुको सनाखत](https://rpcdn.ratopati.com/media/albums/accident_UhepOojaGC.png)
मेलम्ची– सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ । सोमबार नेपालथोकमा एक बालिकाको शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको हो । बालिकाको सनाखत हुन सकेको छैन ।
सनाखत भएकाहरुमा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । पन्ध्र जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । सनाखत भएकाहरुमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखाको सैलुङ गाउँपालिका–४ की सलिना तामाङ, वडा नं ३ का तीनमहिने शिशु सिसन तामाङ, वडा नं ५ का ५२ वर्षीया चेतकुमारी बस्नेत, वडा नं ३ का ५१ वर्षीया रत्नकुमारी राउत, वडा नं ५ का १४ वर्षीय निखिल खड्का, वडा नं ४ का १४ वर्षीय दिल लामा, २९ वर्षीय किरण राउत र २० वर्षीया कविता राउत छन् ।
यस्तै सैलुङ गाउँपालिका–३ का ३२ वर्षीया निर्मला खड्का, वडा नं ६ का ७० वर्षीया उरमाया मोक्तान, भीमेश्वर नगरपालिकाका २४ वर्षीया रञ्जिता केसी बस्नेत, काभ्रेको रोशी गाउँपालिका–४ की सजिना तामाङ, दोलखाको सैलुङ्गेश्वरी–५ का ३८ वर्षीय सानू राउत आले, वडा नं ३ का निकेश खड्का र चितवनको पटीहानीका ५६ वर्षीया पूजा बस्नेतको दुर्घटनामा मृत्यु भएको काफ्लेले जानकारी दिए । ‘नदीले बगाएको हुनसक्ने भएकाले यात्रुको खोजी जारी छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प
-
ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु