बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश प्रमुखमा माधव नेपालका एकजना पनि परेनन्

सोमबार, १८ कात्तिक २०७६, १४ : ३८
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ– नेकपाका वरिष्ठ नेता माधव नेपालले सातवटा प्रदेश प्रमुखका नाम एकलौटी सिफारिस गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।  नेता नेपालले सोमबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्धयले सिफारिस गरेका नाम एकपक्षीय भएको भन्दै असहमति जनाएका हुन् ।

नेता नेपालले आफ्नो तर्फबाट सिफारिस गरेका कुनै पनि नाम प्रदेश प्रमुखमा नपरेको भन्दै उनी सचिवालय बैठक चलिरहँदा बीचैमा उठेर हिँडेका थिए ।  नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप