बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महरा प्रकरण: २ बजेसम्म ३ वरिष्ठ अधिवक्ताको बहस सकियो, अन्तिममा पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बहस गर्ने

सोमबार, १८ कात्तिक २०७६, १४ : २७
सोमबार, १८ कात्तिक २०७६

काठमाडौं । जबरजस्ती करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहसमा सोमबार २ बजेसम्म ३ जना वरिष्ठ अधिवक्ताले बहस सकेका छन् । आइतबार सरकारको तर्फबाट ४ जनाले बहस गरेका थिए भने महराको पक्षबाट एक जनाले बहस सकेका थिए । 

आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका थिए । 

त्यसैगरी– आइतबार महराको तर्फबाट वरिष्ठ अधिवक्ता लवप्रसाद मैनालीले बहस गरेका थिए । समय अभावका कारण आइतबारको थुनछेक बहस सकिएको थियो भने सोमबार बिहान ११ बजेबाट पुन ः बहस सुरु भएको थियो । 

सोमबार अपरान्ह २ बजेसम्ममा वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद सापकोटा र सबिता भण्डारी बरालले बहस गरिसकेका छन् ।  २ बजेदेखि आधा घण्टाको लागि खाजा खाने समय राखिएको छ । त्यसपछि अन्तिममा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बहस गर्नेछन् । 

बहस सकिएपछि आजै थुनछेकको आदेश सुनाउने तयारी गरिएको छ । सोमबार अबेलासम्म भएपनि महरालाई थुनामै पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने सम्बन्धमा आदेश आउने जिल्ला अदालत स्रोतले रातोपाटीलाई बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप