शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले टुंगो लगायो प्रदेश प्रमुखको नाम

सोमबार, १८ कात्तिक २०७६, १३ : ५१
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । 

नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो । 

जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा  महासचिव विष्णु पौडेलले जानकारी दिए । यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ  ।


नेकपाले नाम टुंगो लगाएसँगै सोमबार नै बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्तिसम्बन्धी निर्णय गर्ने बुझिएको छ । प्रदेश प्रमुखलाई संघीय सरकारको प्रतिनिधिको रुपमा लिइन्छ । 

सरकारले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णयसँगै नेकपाले नयाँ नामको टुंगो लगाएको हो । 

सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेशवर लाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, गण्डकीका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णालीका दुर्गा केशर खनाल र सुदूरपश्चिमका मोहनराज मल्ललाई प्रदेश प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेकी थिइन् । 

राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम उनीहरुलाई पदमुक्त गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप