सलमानको खुलासाः सुटिङको पहिलो दिन नै थाहा थियो यो फिल्म फ्लप हुन्छ भनेर

बिग बस १३ को पछिल्लो विकेन्डको वार एपिसोडमा फिल्म बालाका स्टारकास्टको उपस्थिती रह्यो । आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतमले सलमान खानको शोमा निकै रमाइलो पनि गरे ।
बिग बसको सेटमा बालाको टिमले सुरुमा त खेसारी लाल यादवलाई प्रश्न गरे त्यसपछि आयुष्मान खुरानाले सलमान खानलाई टेढो प्रश्न सोधे । आयुष्मान खुरानाले सलमान खानलाई सोधे, ‘कुन फिल्मको सुटिङको पहिलो दिन नै तपाईंलाई यो फिल्म चल्दैन भनेर थाहा थियो ?’
यसको जवाफ दिँदै सलमानले भने, ‘यस्ता थुप्रै फिल्म छन् ।’ आयुष्मानले एउटा फिल्मको त नाम लिनै पर्छ भनेर कर गरेपछि उनले भने, ‘सूर्यवंशी’ । आयुष्मान र भूमिले उनीहरुलाई सूर्यवंशी फिल्म निकै मनपर्ने बताए । आयुष्मानले सूर्यवंशीको डायलग पनि बोले ।
स्मरण रहोस्, सलमान खान, अमृता सिंह स्टारर फिल्म सूर्यवंशी सन् १९९२ मा रिलिज भएको थियो । यसको निर्देशन राकेश कुमारले गरेका थिए । सलमान खान, अमृता सिंहबाहेक फिल्ममा शिबा आकाशदीप, सईद जाफरी महत्वपूर्ण भूमिकामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग