शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दयाहाङले छोडे ‘लप्पन छप्पन २’

सोमबार, १८ कात्तिक २०७६, १२ : १३
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ । नेपाली निर्माताहरु फिल्म घोषणा र कलाकार अनुबन्धित गरेपछि मात्र निर्माणको तयारी थाल्ने गर्दछन् । जसको कारण घोषणा हुँदा अनुबन्धित भएका कलाकारले  सुटिङको समय फिल्म छोडेको समेत देख्न सकिन्छ ।

यस्तै भएको छ फिल्म ‘लप्पन छप्पन–२’ युनिटमा पनि । छायाँकनमा निस्किन लागेको यो फिल्म अहिले अभिनेता दयाहाङ राईले छोडेका छन् । निर्धारित मितिमा फिल्मको छायाँकन नभएको भन्दै राईले फिल्म छोडेका हुन् ।

फिल्म छायाँकनका लागि दयाहाङले ‘लप्पन छप्पन–२’ का लागि दसैँ अगाडि सम्मको समय छुट्याएका थिए । तर, समयमा फिल्म छायाँकन हुन नसकेपछि उनले छोडेका हुन् ।

दयाहाङले तिहार पछिको समय उपेन्द्र सुब्बाको फिल्म ‘जारी’लाई दिएका थिए । दुबै फिल्मको सुटिङ एकै समय हुन लागेको कारण दयाहाङले ‘लप्पन छप्पन २’ छाडेका हुन् ।

फिल्म ‘जारी’को छायाँकन अहिले पाँचथरमा भइरहेको छ । फिल्ममा दयाहाङको जोडी अभिनेत्री मिरुना मगर रहेकी छन् ।

दयाहाङले ‘लप्पन छप्पन–२’ बाट हात झिकेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्तिलाई अनुबन्ध गरेको छ ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका शक्तिले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गर्न लागेका थिए । तर, छायाँकन पुरा नहुँदै फिल्मको छायाँकन रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप