शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश प्रमुखको नाम टुङ्ग्याउँदै नेकपा

सोमबार, १८ कात्तिक २०७६, १२ : ०५
सोमबार, १८ कात्तिक २०७६

सातैवटा प्रदेश प्रमुखको नाम टुङ्ग्याउन नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । 

आइतबार नै मन्त्रिपरिषद् बैठक बसी प्रदेश प्रमुखहरुहरुको नियुक्तिको तयारीमा थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पछाडि सारेर नेकपाको सचिवालय बैठकमा सरिक हुँदा सम्भव नभएपछि आजका लागि बैठक बोलाइएको हो ।

नेकपा स्रोतका अनुसार सोमबारको सचिवालय बैठक बस्ने र ७ वटै प्रदेश प्रमुख टुड्ग्याउने छ । त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले प्रमुख नियुक्तिको निर्णय गर्नेछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । 

प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप