शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुटे दुर्घटनाका घाइते भेट्न सभापति देउवा धुलिखेल अस्पतालमा

सोमबार, १८ कात्तिक २०७६, १२ : ०५
सोमबार, १८ कात्तिक २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका प्रबन्धका बारेमा जानकारी लिएका छन् ।

सभापति देउवा सोमबार बिहान काभ्रेस्थित धुलिखेल अस्पतालमा पुगेर सुकुटे बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका प्रबन्धबारे जानकारी लिन पुगको थिए ।

देउवाका साथमा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधुप्रसाद आचार्य, पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, पूर्व सांसद तिर्थ लामा लगायतका नेता कार्यकर्ता थिए ।

देउवाले घाइतेका आफन्तजन र अस्पतालका चिकित्सकहरूसँग भेट गरी घाइतेहरूको स्वास्थ अवस्थाका बारेमा जानकारी लिएको बस्नेतले जानकारी दिए ।

घाइतेहरूको अवस्था देखेपछि भावुक बनेका देउवाले उनीहरुको शीघ्र स्वास्थलाभको कामना गरेर त्यहाँबाट फर्किएका थिए । 
सभाप िसार्वजनिक यातायातलाई भरपर्दो, सुरक्षित बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकार र सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराएका छन् ।

देउवाले दुर्घटनाका घाइतेको जतिसक्दो छिटो उपचारका लागि मुलुकका विभिन्न भागमा ट्रमा सेन्टरको स्थापना गर्न सरकारसँग माग गरे ।
आइतबार दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा मृत्यु १७ जनाको मृत्यु भएको थियो । यस्तै  ५० बढी घाइते भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप