प्रदेश प्रमुख नियुक्ति गर्न सरकारले मन्त्रिपरिषद् बैठक बोलायो
सोमबार, १८ कात्तिक २०७६, ०९ : ०१

काठमाडौँ । नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि छलफल गर्न सरकारले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ । बैठक बिहान ११ः०० बजे बस्ने बताइएको छ ।
आइतबार बिहान पनि बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो ।
लगत्तै सोही दिन साँझ बैठक बस्ने भनिएपनि आन्तरिक तयारी नपुगेका कारण आजसम्मका लागि बैठक स्थगन भएको बुझएको छ ।
सरकारले राष्ट्रपतिमार्फत आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन