मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख नियुक्ति गर्न सरकारले मन्त्रिपरिषद् बैठक बोलायो

सोमबार, १८ कात्तिक २०७६, ०९ : ०१
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ । नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि छलफल गर्न सरकारले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ । बैठक बिहान ११ः०० बजे बस्ने बताइएको छ । 

आइतबार बिहान पनि बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला  र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो । 

लगत्तै सोही दिन साँझ बैठक बस्ने भनिएपनि आन्तरिक तयारी नपुगेका कारण आजसम्मका लागि बैठक स्थगन भएको बुझएको छ । 
सरकारले राष्ट्रपतिमार्फत आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप