बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले मानवाधिकार आयोगको अधिकार खोसेको आरोप लागेको छ : नरहरि आचार्य

सोमबार, १८ कात्तिक २०७६, ०८ : २५
सोमबार, १८ कात्तिक २०७६

नेपाली कांग्रेसका नेता नरहरि आचार्यले अहिले मानवअधिकार आयोगको ऐन परिवर्तन हुँदै गर्दा त्यो विवादास्पद बन्न गएको बताएका छन् । आफ्नै निवासमा आयोजित छलफल कार्यक्रममा नेता आचार्यले उक्त कुरा बताएका हुन् ।

आचार्यका अनुसार,  ‘सरकारलाई मानवअधिकारको आयोगको अधिकार खोसेको आरोप लागेको, अहिलेको ऐनमा मानवअधिकार आयोगलाई पहिला दिईएको जस्तो अधिकार नदिइएको र  संविधानमा व्यवस्था भएका अधिकारहरुलाई ऐनमा संकुचित बनाउन खोजिदैछ ।’

‘अहिले महिला आयोग, दलित आयोग लगायत सबै आयोगको अवस्था एकदमै कमजोर छ । कुनैमा नियुक्त भएको छैन, कुनैको अफिस राम्रो छैन । यस्तो भएर आयोगहरुले राम्रोसँग काम गर्न सकिरहेको छैन’ भन्दै आचार्यले थप भने, ‘यस्तो हुदाँ संविधानको उपयुक्त ढंगबाट कार्यान्वयन हुन सक्छ ? भनेर प्रश्नहरु उठ्छ ।’

सो छलफल कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले ‘संविधान बनाउदा जुन आवश्यकता देखेर आयोगहरु बनाएका थियौं त्यसको कार्यान्वयन नहुदा जहाँको त्यही रहेको’ उल्लेख गर्दै ‘सबै भन्दा पहिला हामीले छिटोछिटो काम गर्न पर्‍यो ’ भनी बताए ।

सो छलफल कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका सदस्य रामचन्द्र घिमिरे, विज्ञ एवं पूर्वप्रशासक श्यामसुन्दर शर्मा, चन्द्रागिरि नगरपालिका वडा नं.१२ जनप्रतिनिधि अस्मिता बज्जकोटीले पनि आफ्ना विचार राखेका थिए ।

उक्त छलफल कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं दलित संघ जिल्ला अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि गंगा सुनार, सुरेश बस्याल, श्याममणी आचार्य, सीता नेपाली, अनिष श्रेष्ठ टोपेन्द्र रानामगर लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप