वडाध्यक्ष नेकपामा प्रवेश
ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गरेको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेले जानकारी दिए । पार्टी प्रवेश गर्नेमा मोर्चाको गण्डकी प्रदेश समितिका कोषाध्यक्ष एवं जिल्ला सदस्य गुञ्जबहादुर भण्डारीलगायत छन् ।
सोही अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा सङ्गठनका केन्द्रीय सदस्य एंव धवलागिरि इञ्चार्ज सुमित घर्ती पनि नेकपामा प्रवेश गरेको जनाइएको छ । पार्टी प्रवेश गर्नेलाई नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज बलावती शर्मा, नेकपाका नेता एवं प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले स्वागत गरेका थिए ।
पार्टी प्रवेशपछि वडाध्यक्ष घर्तीले विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्न मूल पार्टीमै फर्केको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड