मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बुर्ज खलिफामा शाहरुखको नाम लेखिँदा ऋषि कपुरले भने, ‘राम्रो भयो नि गौरी, भगवानले तिम्रो कुरा सुनेनन्’

सोमबार, १८ कात्तिक २०७६, ०७ : ४५
सोमबार, १८ कात्तिक २०७६

शाहरुख खानको जन्मदिनमा बलिउडका सबै कलाकाले आ–आफ्नो तरिकाले उनलाई शुभकामना दिए । बलिउडका दिग्गज कलाकार ऋषि कपुरले पनि ट्वीटरमा शाहरुखलाई भिन्न शैलीमा बधाई दिए ।

शाहरुख खानको जन्मदिनमा दुबईस्थित संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाले पनि आफ्नो शैलीमा शाहरुखलाई जन्मदिनको शुभकामना दिएको छ । अब यसबारे ऋषि कपुरको ट्वीटमा प्रतिक्रिया आएको छ ।

उनले लेखेका छन्, ‘मेरा लागि यो निकै अद्भूत हो । शाहरुख खानले मसँग फिल्म ‘दिवाना’ बाट आफ्नो करियरको सुरु गरेका थिए । र अब उनलाई आफ्नो शिखरमा देख्दा कति आनन्ददायक र विचित्र महसुस भइरहेको छ । तिमीले भारतलाई गौरवान्वित बनाएका छौ । राम्रो भयो नि गौरी, भगवानले तिम्रो कुरा सुनेनन् ।’

बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानले नोभेम्बर टुमा आफ्नो जन्मदिन मनाए, यो मौकामा देश–विदेशमा उनका प्रशंसके उनलाई शुभकामना दिए । बुर्ज खलिफामा यस दिन लेखियो, ‘बलिउडका किंग शाहरुख खानलाई जन्मदिनको शुभकामना’ । यससँथै एक सानदार फाउन्टेन शो पनि भयो जसको ब्याकग्राउन्डमा शाहरुखको फिल्म ‘ओम शान्ति ओम’ को गीत ‘धुम ताना ताना’ बजिरहेको थियो । दुबई पर्यटनका ब्रान्ड एम्बेसडर शाहरुखले यो भिडियो क्लिपलाई आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् ।

यसको क्याप्सनमा शाहरुख खानले लेखे, ‘मेरा भाइ, सबैभन्दा कूल मिस्टर मोहम्मद अलबर र बुर्ज खलिफाका लागि...एमार दुबई मलाई यति धेरै चम्किलो बनाइदिएकोमा धन्यवाद । तपाईंहरुको माया र सद्भाव वर्णन गर्न नसकिने छ । वाह, म अहिलेसम्म यत्ति माथिसम्म पुगेकै थिइनँ । दुबईलाई अत्यधिक माया । आज मेरो जन्मदिन हो र म पाहुना हुँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप