किसानलाई टेरेन उखु मिलले, विगत वर्षहरुमा बिक्री गरेको भुक्तानी समेत दिइएन

विगत वर्षहरूमा बिक्री गरेको उखुको रकम भुक्तानी नपाएपछि रौतहटका उखु उत्पादक किसान चिन्तित बन्दै गएका छन् ।
रौतहटको मध्यभाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले क्रसिङ सिजनमा खरिद गरेको उखुको भुक्तानी नदिएपछि जिल्लाका किसान चिन्तित बनेका हुन् ।
छठ पर्वपछि लगत्तै भुक्तानी नदिएमा उखु उत्पादक सङ्घ रौतहट र जिल्लाका सम्पूर्ण पीडित किसानले कडाभन्दा कडा आन्दोलन गर्ने जनाएका छन् । भुक्तानी समयमा नपाएको भन्दै केही दिन अघि उखु उत्पादक सङ्घका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । प्रजिअ थापाले किसानको बक्यौता रकम भुक्तानीका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
भुक्तानीका लागि पटक/पटक वार्ता र ताकेता गर्दा पनि मिल्स प्रशासनले चासो नदेखाएको उखु उत्पादक सङ्घ रौतहटका सचिव सफिन्द्र यादवले बताए । उनका अनुसार उखुको मूल्य निर्धारणदेखि भुक्तानी लिनसम्म आन्दोलन नै गर्नुपर्ने भएपछि जिल्लाका उखु किसान उखु खेतीबाट निराश बनेका छन् । उखु खेतीतर्फको आकर्षण घटेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
-
आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी
-
कालीगण्डकी करिडोर : गैँडाकोट–मालढुंगा सडकलाई बजेट अभाव
-
यी ५ गल्ती बन्न सक्छ ब्रेकअपको कारण
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची