एएफसीले भन्यो – ‘नेपाली क्लबलाई नो लाइसेन्स’
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका १४ वटै ‘ए’ डिभिजन क्लबलाई एएफसी क्लब लाइसेन्स नदिने निर्णय गरेको छ । एएफसीले तोकेको मापदण्ड नपुगेका कारण नेपालको सबै क्लबको लाइसेन्स निवेदन खारेज गरेको हो ।
एएफसीले हालै मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘क्लब आइसेनिङ रेगुलेसन’ विपरीत कार्य गरेको भन्दै एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना गरेको थियो । आर्थिक जरिवाना गरेको केही दिनमै एएफसीले सन् २०१९÷२०२० का लागि नेपालका कुनैपनि क्लबलाई लाइसन्स नदिने निर्णय गरेको हो । अघिल्लो सिजन एन्फाले एएफसीमा १४ वटा क्लबलाई लाइसेन्सका लागि एएफसीमा सिफारिस गरेको थियो । एन्फाले सिफारिस गरेको मध्ये नौ क्लबले लाइसन्स पाएका थिए ।
सोही आधारमा एएफसी कप–२०१९ मा नेपालको मनाङ मस्र्याङ्दी क्लबले लिग विजेताको आधारमा भाग लिएको थियो । उक्त प्रतियोगिता एएफसीको माथिल्लो स्तरको प्रतियोगिता हो । एन्फाले मनाङलाई मापदण्डविपरीत लाइसेन्सका लागि सिफारिस गरेको कारण पनि एएफसीले एन्फालाई सचेतसहित ठूलो आर्थिक जरिवाना गरेको थियो ।
एएफसीको पछिल्लो निर्णयले अब नेपालका क्बलले एएफसी कप लगायत शीर्ष स्तरको प्रतियोगिता खेल्न पाउने छैन । एएफसी लाइसेन्सका लागि क्लबको आफ्नै मैदान लगायत विभिन्न सुविधा हुनुपर्दछ । एएफसीले सन् २०१८ देखि क्लब लाइसेन्सको प्रावधान ल्याएको हो ।
नेपालमा अहिले मनाङ मस्र्याङदी, थ्रीस्टार, नेपाल पुलिस, जावलाखेल युथ, संकटा, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पा, बिग्रेड ब्वाइज, त्रिभुवन आर्मी, एपीएफ, मछिन्द्र, न्युरोड टिम र च्यासल युथ गरी १४ वटा ‘ए’ डिभिजन क्लब छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक प्रतिनिधिसभामा दर्ता
-
विराटनगरबाट ३८ वटा मानव खप्पर र १० थान मानिसको नलीखुट्टासहित एक जना पक्राउ
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
अरुणिमाको पनि पतिसँग बिग्रिएको हो सम्बन्ध ?
-
नेपालमा सिमसार क्षेत्र र कोशी टप्पु सिमसार
-
खेलकुदको हबको रूपमा बागमती प्रदेशलाई विकास गर्छौँ : मन्त्री महर्जन