शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा अफगानिस्तानले भाग लिने

आइतबार, १७ कात्तिक २०७६, २१ : ०९
आइतबार, १७ कात्तिक २०७६

काठमाडौं – नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा अफगानिस्तान पनि सहभागि बन्ने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले अफगानिस्तानलाई सागमा सहभागी गराउन निर्देशन दिएको छ ।

ओसिएले निर्देशन दिएपछि अफगानिस्तान सागमा भाग लिन इच्छुक देखिएको हो । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुन लागेको सागको तयारी अन्तिम चरणमा पुग्दा एक्कासी अफगानिस्तानको सहभागिता जनाउन लागेको हो ।

अफगानिस्तानले पछिल्लो समय सागमा सहभागी नहुने भन्दै सेन्टर एसियामा सदस्यता सारेको थियो । पाकिस्तानमा सन् २००४ मा भएको सागको नवौं संस्करण देखि सागमा सहभागिता जनाउन थालेको सुरु अफगास्तिानल भारतमा सन् २०१६ मा भएको १२औं सागदेखि साग सहभागि नबन्ने निर्णय गरेको थियो । 

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पनि अफगानिस्तानलाई सागमा सहभागी गराउन ओसिएले निर्देशन दिएको बताए । ‘ओसिएबाट नेपाल र आयोजक कमिटिलाई निर्देशन आएको छ । सागको खेल आयोजना स्थल र सहभागी संख्या लगायत विषय टुङ्गो लागि सकेको छ । सहभागी गराउन केही प्राविधिक ठिनाई पनि छ । तर, ओसिएको निर्देशनलाई मान्नु पर्ने अवस्था छ,’ श्रेष्ठले भने ।

 अफगानिस्तानलाई कसरी सहभागी गराउने विषयमा कार्तिक २३ गते काठमाडौंमा बस्ने दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले टुङ्गो लगाउने पनि श्रेष्ठले बताए । श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक कमिटिका समेत अध्यक्ष हु्न् । आफगाािस्तानले केही खेलमा मात्र सहभागिता जनाउन लागेको बताईएको छ । १३औं सागमा विभिन्न २९ खेलमा प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप