शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी कारवाही गर्ने सरकारको चेतावनी

आइतबार, १७ कात्तिक २०७६, १९ : ३७
आइतबार, १७ कात्तिक २०७६

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थीहरुसँग मेडिकल कलेजले बढी शुल्क लिएको विषयमा  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले सयुक्त रुपमा पे्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको शुल्क सम्वन्धमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नभएकोमा मेडिकल कलेजलाई ध्यानाकर्षण गराएको छ ।

सरकारले एमविविएसतर्फ उपत्यकाभित्रका लागि रु ३८ लाख ५० हजार र उपत्यका बाहिरका लागि रु ४२ लाख ४५ हजार एवम् बिडिएस तर्फ रु १९ लाख ३२ हजार ६ सय १२ कायम  गरिएको थियो । 

साथै सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका लागि यसअघिनै मन्त्रालयवाट सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ । तर विभिन्न मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै यतिबेला विद्यार्थीहरु आन्दोलनमा छन् ।

मन्त्रालय र आयोगले विद्यार्थीहरुसँग मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्ने उजुरी सम्वन्धमा कारवाही प्रकृया अगाडि बढाउन गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र विश्वविद्यालयहरुलाई  समेत अनुरोध गरेको जनाएको छ ।

सरकारको निर्णय अक्षरस कार्यान्वयन गर्न गराउन मन्त्रालय र आयोग पुनः एकपटक निर्देशन दिएको छ । ससआथै कुनै पनि पक्षवाट कुनै पनि बहानामा निर्णयकोअवज्ञा हुने स्थिति आएमा किटानी उजुरीका आधारमा प्रचलित कानून बमोजिम सरकार कानूनी कारवाही गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

तोकिएको भन्दा वढी शुल्क लिइएको भए सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गर्ने गर्ने अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप