तीन जना पदाधिकारी नआएपछि काँग्रेस बैठक बस्दै नबसी स्थगित, उम्मेदवार छनोट मंगलबारलाई सर्यो

काठमाडौं – नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवार छनोटका लागि बोलाइएको पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कोषध्यक्ष सीतादेवी यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको उनले भनाइ छ । अनका अनुसार उनीहरु छठ पर्वका मनाउन गृहजिल्ला गएका कारण आजको बैठकमा उपस्थित हुन नसकेका हुन् । सभापति शेरबहादुर देउवा निवास बूठानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो ।
फेरि उम्मेदवार छनोटका लागि मंगलबार बिहान ९ बजे देउवा निवासमा पदाधिकारी बैठक बोलाइएको छ । सोमबार सभापति देउवासहितका नेताहरु सिन्धुपाल्चोकको सुकेटरमा जाने कार्यक्रम रहेको छ । बैठकअघि एक चरण सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य र पार्टी पदाधिकारीबीच छलफल पनि हुने छ ।
यता निर्वाचन आयोगले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयन गर्न कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव