बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीसँग नेपाली क्रिकेट टिम पराजित

आइतबार, १७ कात्तिक २०७६, १७ : ४९
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ । नेपाल भ्रमणमा रहेका विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको एक दिवसीय खेलमा नेपाल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ । 

काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसीसीसँग नेपाली युवा टिम ३८ रनले पराजित भएको हो । 
एमसीसीको ३ सय ३५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सकेको थियो । नेपालका हरिबहादुर चौहानले ५२ रनको अर्धसतकीय इनिङ्स खेल्न भ्याएका थिए भने कप्तान रित गौतमले ४५ रन जोडेका थिए । त्यसैगरी अरुण ऐरीले ३० रन बनाएका थिए ।

उता, एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्ध शतकीय इनिङस् खेलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप