सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

सोमबार र मंगलबार भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठी

आइतबार, १७ कात्तिक २०७६, १७ : २७
आइतबार, १७ कात्तिक २०७६

काठमाडौं– यही कार्तिक १८ र १९ गते काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ ।  गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि नेपालमा बृहत छलफल गर्न सो गोष्ठी काठमाडौंमा भोलीबाट आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

गोष्ठीको पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले संयुक्त रुपमा उद्घाटन गर्नुहुनेछ । गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने सहभागी नगराइने गेसोले जनाएको छ ।

सरकारले व्रिटिश सरकारसँग गेसोको समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भएकाले आन्दोलनकारी शक्तिको रुपमा रहेको गेसोको सो गोष्ठीलाई प्रधानमन्त्री ओली र सरकारका कुनै पनि प्रतिनिधिलाई सहभागी नगराउने निर्णयमा पुगिएको सो गोष्ठीे आयोजक समितिका सदस्य समेत रहनु भएका पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्र्रौलाले जानकारी दिए । तर गोष्ठीको निष्कर्ष भने प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाउने पनि गेसोले स्पष्ट पारेको छ ।

गोष्ठीले भूतपूर्व गोर्खा सैनिकलाई पनि ब्रिटिश सेना सरह सेवा, सुविधा उपलब्ध गराउन ब्रिटिश सरकारलाई बाध्य बनाउने गरी रणनीति तय गर्ने दावी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप