मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक बस दुर्घटनाः यी हुन् ४९ घाइते, ४७ जनाको धूलिखेल अस्पतालमा उपचार हुँदै (नामावली)

मृतकको संख्या १३ पुग्यो
आइतबार, १७ कात्तिक २०७६, १७ : ०३
आइतबार, १७ कात्तिक २०७६

काभ्रे। सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा घाइते भएका ५० मध्ये ४७ जनाको धूलिखेल अस्पतालमा उपचार भइरहेको छ।

यस्तै ५२ वर्षीय चेतकुमारी बस्नेतको भने उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उनकाे ठेगाना खुल्न सकेकाे छैन ।

यसैगरी  दुई जनालाई बनेपास्थित सिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ । 

आइतबार दिउँसो भएको सो बस दुर्घटनामा अरु १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको सनाखत भइसकेको छैन । 

दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । 

 बसमा ६०  बढी यात्रु सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट १०० मिटर तल सुनकाेसी नदीमा खसेर दुर्घटना भएकाे हाे । 
 

घाइतेको नामावली

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप