शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिविको  १९ औँ उपकूलपति बने बाँस्कोटा

आइतबार, १७ कात्तिक २०७६, १६ : ३८
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ– सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भइसकेका बाँस्कोटालाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले त्रिविको उपकूलपतिमा दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेका हुन् । मन्त्री पोखरेल नेतृत्वको समितिले त्रिवि उपकुलपतिमा सिफारिस गरेका डा.भगवान कोइरालालाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेपछि बाँस्कोटालाई त्रिविको उपकुलपति हुने बाटो खुलेको थियो । 

आइतबार बेलुका दोस्रोपटक बस्ने मन्त्रिपरिषद बैठकले उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । बाँस्कोटा त्रिभुवन विश्वविद्यालयको १९ उपकुलपति हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप