शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली फुटबल खेलाडी म्यानमार प्रस्थान

आइतबार, १७ कात्तिक २०७६, १५ : ५९
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाइ गरिएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीहरुले आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा सो टोलीको विदाइ गरेका हुन् । खेलाडीको विदाई पछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष शेर्पाले म्यानमारविरुद्ध सो टोलीले उच्च प्रर्दशन गर्ने विश्वास व्यक्त गरे । 

उनले यसअघि म्यानमारविरुद्ध अन्डर–२३ र महिला टोलीले उच्च प्रर्दशन गरेको उल्लेख गर्दै आज गएको टिमले पनि उच्च प्रर्दशन गर्ने बबताए । 

२३ सदस्यीय खेलाडीसहितको सो टोली आइताबार दिउँसो नै म्यानमार प्रस्थान गरेको छ । नेपालले म्यानमारसँग आगामी कार्तिक २१ गते बिहीबार मैत्रीपूर्ण खेल खेल्नेछ ।

कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तरगत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेल अघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग आगामी मंसीर ३ गते दशरथ रंगशालामा खेल्नेछ । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई कुवेतसँगको तयारीको रुपमा हेरिएको छ । विश्वकप छनौटको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप