सुकुटे बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या १० पुग्यो (अपडेट)
आइतबार, १७ कात्तिक २०७६, १५ : ४९

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । स्थानीयवासीका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने अनुमान गरिएको छ । उनले घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकारले सुरु गर्यो आयोजना बैंक, ५० लाखभन्दा माथिका योजना कार्यान्वयन गर्ने
-
लेकतर्फ लाग्दै भेडाका बथान
-
डिजिटल कर्णाली कन्क्लेभ : डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास
-
रौतहट सशस्त्र प्रहरीको स्थापना दिवसमा रक्तदान
-
रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा (तस्बिरहरू)
-
गौरीटारमा फुटबल मैदानको उद्घाटन