शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुटे बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या १० पुग्यो (अपडेट)

आइतबार, १७ कात्तिक २०७६, १५ : ४९
आइतबार, १७ कात्तिक २०७६

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुकुटेमा आइतबार  भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् ।  स्थानीयवासीका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने अनुमान गरिएको छ । उनले  घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तत विवरण आउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप