शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भेनेजुएलाका कुटनीतिज्ञहरुलाई निष्काशन गर्न आदेश

आइतबार, १७ कात्तिक २०७६, १५ : १९
आइतबार, १७ कात्तिक २०७६

मेक्सिको सिटी– मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कुटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । 

एल साल्भाडोरले विपक्षी नेता हुँवा गुएइदोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा राष्ट्रपतिका लागि नयाँ चुनाव नहुँदासम्म गुएइदोलाई मान्यता दिइएको उल्लेख छ ।

वक्तव्यमा ४८ घण्टाभित्र सबै कुटनीतिज्ञहरु फिर्ता लैजान भेनेजुएला सरकारलाई जानकारी दिइसकेको पनि जनाइएको छ । –सिन्ह्वा/Photo: Reuters

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप