डा. भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त
आइतबार, १७ कात्तिक २०७६, १४ : २४
![डा. भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त](https://rpcdn.ratopati.com/media/albums/bhagawan_koirala_6WcutKsCnJ.jpg)
काठमाडौँ– सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
मुटुरोग विशेषज्ञ डाक्टर कोइराला त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।
कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटिले सिफारिस समेत गरेको थियो ।
आइतबारकोे मन्त्रिपरिषद्ले बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणबारे समेत छलफल भएको थियो ।
त्यस्तै मन्त्रिपरिषद बैठकमा विभिन्न मेडिकल कलेजहरुले जथाभावी शुल्क लिएको तथा विरोध भइरहकाले त्यसबारे उपयुक्त निर्णय र कारवाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।