दाङमा भवनबाट खसेर मजदूरको मृत्यु
आइतबार, १७ कात्तिक २०७६, १३ : ४८

दाङ– घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्दै आएका एक मजदूरको काम गर्दैगर्दा भवनबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तरप्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेलको सिमेन्ट कारखानाको निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा खस्दा गम्भीर घाइते भएकामा उपचारका क्रममा आज मृत्यु भएको हो ।
शनिबार बेलुका साढे ८ बजे खसेर गम्भीर भएका पटेललाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव शिक्षण अस्पताल कोहलपुरको शवगृहमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा