बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली एक्सरे गरेर फर्के, बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

आइतबार, १७ कात्तिक २०७६, १३ : २६
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।

यसअघि प्रधानमन्त्रीको धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गर्न बालुवाटारबाट प्रधानमन्त्री निस्किएको बताइएपनि उनी ग्राण्डी नगएर त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गएका थिए ।

त्यहाँ प्रधानमन्त्रीको एक्सरे गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले त्रिवि शिक्षण अस्पतालमा एक्सरे गरेर प्रधानमन्त्री बालुवाटार फर्केर मन्त्रिपरिषदको अध्यक्षता गरिरहेको जानकारी दिए ।

प्रम ओलीको एक्सरे गर्दा फोक्सोमा जमेको पानी सुकेको पाइएपछि उनलाई बालुवाटार नै फर्काइएको बताइएको छ ।

मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको मुटुको पनि चेकजाँच गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप