सामूहिक बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो, भिडियो भाइरल भएपछि मुद्दा दर्ता

भारतको अलीगढस्थित चन्डौस इलाकामा युवतीलाई घरमा एक्लो पाएर दुई युवकले सामूहिक बलात्कार गरे । त्यसपछि पहिचान उजागर हुने डरले आरोपीले पीडितलाई आगो लगाइदिए । युवतीको चिच्याहट सुनेपछि छिमेकी घटनास्थल पुगे र उनलाई अस्पताल पुर्याए पनि उपचारको क्रममा उनको मृत्यु भयो । घटना अक्टोबर ३० तारिखको हो । घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । यसमा पीडितले आरोपीको नाम बताइरहेका छन् । घटनाको तीन दिनपछि पुलिसले मुद्दा दर्ता गरेको छ । आरोपी फरार छन् ।
आमा खेतमा गएका बेला घरमा छिरे आरोपीः
भारतीय मिडियामा प्रकाशित जानकारी अनुसार चन्डौसको चिमनपुर गाउँमा बस्ने २२ वर्षीया युवती घरमा एक्लै थिएन् । आमा खेतमा काम गर्न गएकी थिइन् । यतिबेला गाउँका दुई युवक अजय र मनिष अचानक घरमा छिरे । दुबैले युवतीलाई बलात्कार गरे । त्यसपछि आरोपीले उनीमाथि मट्टीतेल खन्याएर उनलाई जिउँदै जलाइदिए ।
युवती चिच्याएको सुनेर छिमेकी घटनास्थल पुग्दा उनी नराम्रोसँग जलिसकेकी थिइन् । यतिबेला युवतीले छिमेकीलाई आफूमाथिको घटनाबारे जानकारी दिइन् । मानिसहरुले उनको भिडियो पनि बनाए ।
कडा कारवाहीको निर्देशनः
एसपी सिटी अभिषेकले आमाको निवेदनमा आरोपीमाथि दुष्कर्म र हत्याको मुद्दा दर्ता गरिएको छ । थाना प्रभारीलाई साक्षी जुटाउन र कठोर कारवाहीका लागि निर्देशन दिइएको छ । भिडियोको पनि अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह