शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऋचाले दिइन् ब्याचलर पार्टी

आइतबार, १७ कात्तिक २०७६, १० : ४३
आइतबार, १७ कात्तिक २०७६

अभिनेत्री ऋचा शर्माले ब्याचलर पार्टी दिएकी छन् । उनले केही आफ्ना नजिकका साथी जमघट गराएर ब्याचलर पार्टी दिएकी हुन् । 

पोखरामा दिएको पार्टीमा अभिनेत्रीद्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायतको सहभागीता रहेको थियो ।

‘भिसा गर्ल’, ‘आधा लभ’, ‘सुनकेसरी’ लगायत थुप्रै फिल्मकी अभिनेत्री ऋचाले आगामी मंसिरमा लगनगाँठो कस्ने भएकी छन् । लामो समयदेखि दिपेक्ष्य राणाको प्रेममा रहेकी उनले राणासँग नै विवाह गर्न लागेको चर्चा छ । विवाहको मिति भने अहिले सार्वजनिक गरिएको छैन ।

उनका प्रेमी दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् । 
ऋचाले घरजम बसाउनु पूर्व आफ्ना नजिकका साथीलाई ब्याचलर पार्टी दिएकी हुन् । ब्याचलर पार्टीमा सिंगारिएकी ऋचाको हात समात्दै गरेको अवस्थामा प्रियंका र केकी देखिएका छन् । उक्त पार्टीमा ऋचा निकै खुसी देखिएकी छन् । 

केही पहिले मिडियासँग विवाहको प्रसंगमा उनले चाँडै प्रेमी सार्वजनिक गर्ने बताएकी थिइन् । तर, अहिलेसम्म उनी कुनै सार्वजनिक कार्यक्रममा प्रेमीसँग भेटिएकी छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप