मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

कास्की–२ उपनिर्वाचन : समाजवादीबाट धर्मराज गुरुङ उम्मेदवार चयन

आइतबार, १७ कात्तिक २०७६, १० : ३८
आइतबार, १७ कात्तिक २०७६

कास्की २ उपनिर्वाचनमा समाजवादीबाट धर्मराज गुरुङको नाम टुंगो लागेको छ । 

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कास्की २ बाट उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो । 

समाजवादी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङका अनुसार केन्द्रिय कमिटीले धर्मराजलाई उम्मेदवार बनाउँने फाइनल गरे पनि घोषणा गर्न भने बाँकी नै छ ।

 प्रदेशबाट सिफारिस भएका ३ जना किरण थापा, रामबहादुर नेपाली र धर्मराज गुरुङमध्ये धर्मराजलाई समाजवादीले फाइनल गरेको छ । 

कास्की २ मा नेकपाबाट विद्या भट्टराई, साझा पार्टीबाट रजनी केसी फाइनल भई सकेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको भने उमेदवार टुंगो लगाउँन बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप