बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरभित्र थिए १ सय ४० वटा सर्प, एकाएक अजिंगरले बेरिएको अवस्थामा भेटियो महिलाको शव

आइतबार, १७ कात्तिक २०७६, ०९ : ५७
आइतबार, १७ कात्तिक २०७६

एक महिलाको शव आठ फिट लामो अजिंगरले घाँटीमा बेरिएको अवस्थामा भेटिएको छ । अमेरिकी राज्य इन्डियानाकी लाउरा हर्टको शव भेटिएको पुलिसले शुक्रबार जानकारी दिएको छ ।

उक्त सर्प ‘रेटिकुलेटेड पाइथन’ प्रजातिको थियो जुन संसारकै सबैभन्दा लामो सर्पमध्ये पर्दछ ।

टाउन अफ अक्सफोर्डस्थित एक घरभित्र १ सय ४० वटा सर्प थिए । जसमध्ये २० वटा सर्प उनको आफ्नै थियो । पुलिसका अनुसार हर्स्ट हप्तामा दुईपटक उक्त घरमा जाने गर्थिन् ।

इन्डियाना अक्सफोर्डस्थित बेन्टन काउन्टीलाई गत बुधबार राती एउटा फोन आयो जसमा ३६ वर्षे हर्स्टले कुनै प्रतिक्रिया नदिइरहेको बताइयो ।

स्वास्थ्य टोली घटनास्थलमा पुगेर उनीमाथि विभिन्न जीवन रक्षक उपाय अपनाएतापनि सफल हुन नसकेको बताइयो । उनको पोस्टमार्टम रिपोर्टले उनको सर्पले घाँटी थिचेपछि मृत्यु भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप