महरा प्रकरणमा थुनछेक बहस : के हुँदैछ आज ?
काठमाडौँ । जवर्जस्ती करणी उद्योग प्रयासको अभियोगमा मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महराको आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छोड्ने वा सामान्य तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ । तर, बहसमा धेरै वकिलहरु सहभागी हुने भएकाले आइतबारै थुनछेक बहस नसकिने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।
बिहीबार दर्ता भएको महराविरुद्धको मुद्दामा शुक्रबार न्यायाधीशसँगको बयान सकिएको थियो । शुक्रबारबाटै थुनछेक बहस सुरु हुने भनिए पनि समय अभावका कारण आइतबारबाट मात्रै थुनछेक बहस सुरु हुन लागेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीशसमक्ष आरोपित महराले करीब ५ घण्टा इन्कारी बयान दिएका थिए ।
आज हुने थुनछेक बहसका क्रममा पहिला सरकारी वकिलले आरोप प्रमाणित गर्नेगरी बहस गर्नेछन् । सरकारी वकिलको तर्फबाट एक वा दुई जनाले मात्रै थुनछेक बहस गर्नेछन् । सरकारी वकिलका तर्फबाट बहस सकिएपछि महरातर्फका वकिलहरुले त्यसको प्रतिवाद बहस गर्नेछन् । महराका तर्फबाट रमन श्रेष्ठ, मनिषकुमार श्रेष्ठ लगायतका धेरै जना वकिलहरुले बहस गर्न इच्छा देखाएपनि उनीहरु कतिजना छन् भन्ने खुलिसकेको छैन ।
पक्राउ परेको २५ दिनपछि बिहीबार महराविरुद्ध सरकारी वकिलको कार्यलयले जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणी उद्योगअन्र्तगत मुद्दा दर्ता गरेको थियो ।
मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी प्रयास उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र माग दाबी छ । जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको छ ।
उनीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको छ । दुबै मागदाबी अनुसार महरामाथि न्युनतम पाँच वर्ष तीन महिना तथा अधिकतम सात वर्ष छ महिना कैद सजाय हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
कहिलेदेखि जित्न थाल्छ बैंगलुरु ?
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स