उपनिर्वाचनमा दलको अलमल : ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दै

उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो । १४ मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी कुल ५२ पदका लागि उपनिर्वाचन हुँदै छ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)देखि विपक्षी कांग्रेस हुँदै अन्य साना दलले समेत उपनिर्वाचनका लागि अहिलेसम्म उम्मेदवारबारे निर्णय गर्न सकेका छैनन् ।
खासगरी ठूला दलभित्र उम्मेदवारका लागि आकांक्षी धेरै देखिँदा नाम टुंगो लगाउन सकस पर्दै आएको छ । यसैगरी, एउटा कुनै नाममा तत्कालै निर्णय गर्न समेत असन्तुष्ट पक्षको असहयोग रहने आँकलन गर्दै दलहरूले सकभर मिलाएर र फकाएरै एक जनालाई सर्वसम्मत उम्मेदवार बनाउने कोसिस गरिरहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड