शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउछ  ः उपप्रधानमन्त्री पोखरेल

शनिबार, १६ कात्तिक २०७६, १७ : २७
शनिबार, १६ कात्तिक २०७६

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् । धुम्बाराहीमा धन्वन्तरी पार्कको शनिबार उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताए । 

उनले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्नेसमेत बताए । “स्थानीय तह र जनता मिलेर अतिक्रमण गरिएका जग्गा खोज्नुपर्दछ”, उनले भने,  “जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।” 

यसैगरी प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको शुरुआत भएको बताए । 

उनले प्रदेश सरकारले पार्कको स्तरोन्नतिमा सहयोग गर्ने उल्लेख गरे । सङ्घीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उहाँले अहिले विकासका कामले गति लिएको बताए । उक्त पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको करीब रु १२ लाख ५० हजारमा निर्माण गरिएको वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप