कोलम्बोमा अशोक सिलवालको ‘श्रीलंका स्मृति’ विमोचन
काठमाडौँ । लेखक तथा पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको राजधानी कोलम्बोमा सार्वजनिक गरिएको छ ।
श्रीलंकाली संसदका सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए)का अध्यक्ष मुदिता कारियाकार्वाना र इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे)का अध्यक्ष बीभी मल्ल्किार्जुनाले सिलवालको पुस्तक संयुक्त रुपमा सार्वजिनिक गरेका हुन् ।
एसएलपीएको ६४ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथिका रुपमा निम्त्याइएका लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालको पुस्तक सोही कार्यक्रममा सार्वजनिक गरिएको हो । अघिल्लो वर्ष समेत विशिष्ट अतिथिका रुपमा त्यहाँ निम्त्याइएका उनको त्यही बेलाको एक साता लामो श्रीलंका यात्रा पुस्तकमा समेटिएको छ ।
‘एक साताको श्रीलंका यात्रामात्र होइन, त्यहाँ जानुपूर्वको तयारी, त्यहाँ पुग्दासम्मका अनेक भोगाई, यात्रामा भेटिएका अनेक मानिस, संस्कृति र जीवनशैलीसँग जोडिएका मसिना सम्झनाहरूको संग्रह हो यो पुस्तक’, सिलवालले भने, ‘यो पुस्तक श्रीलंका परिचय होइन तर मैले चिनेको श्रीलंका भने पक्कै हो, जहाँ नेपालका जस्तै पहाडी वस्तीहरू थिए । वुद्धका अनुयायीहरू थिए । नेपालजस्तै राजनीतिको एउटा संक्रमण पार गरेर अर्को चरणमा प्रवेश गरेको स्थिति थियो । छिमेकी भारत थियो । चियाका बगानहरू थिए । मोहक तालहरू थिए । हरियाली थियो ।’ पुस्तकले दुई देशबीच अझ आत्मीयता थप्ने विश्वास पनि उनले व्यक्त गरे ।
‘सगरमाथाको देशबाट सागरको देश र भुपरिवेष्ठित देशबाट समुन्द्रवेष्ठित देश गएको एउटा अन्वेषी यात्रुको कथा हो यो’, आएएफडब्लुजेकी विदेश सचिव गितिका तालुकदारले पुस्तकमाथि टिप्पणी गरिन् ।
नेपाल पर्यटन बोर्डको तर्फबाट नेपाल भ्रमण वर्ष २०२० को निम्तो समेत लिएर श्रीलंका पुगेका सिलवालले बुद्ध जन्मेको देश नेपाल र बुद्धप्रेमी देश श्रीलंकाबीचको हार्दिक सम्बन्धलाई पर्यटनमार्फत अझ बलियो बनाउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता
-
गजेन्द्रनारायण सिंहको विचार र कार्यदिशा अहिले कसले बोकेको छ ?
-
पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता
-
त्रिवि शिक्षा शास्त्रका डीनले सरकारी गाडी दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी