मालीको सैन्य कार्यालयमा आक्रमण, ५३ सैनिकको मृत्यु
मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ ।
देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाई छ । आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ ।
नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिनुभएको छ ।
“अहिले अवस्था नियन्त्रणमै छ, शव संकलन गरेर पहिचान गर्ने काम भइरहेको छ,” उहाँले लेख्नुभएको छ । आक्रमण र क्षतिको पूर्ण विवरण भने आइनसकेको उहाँले बताउनुभयो ।
घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ ।
फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिंसा अन्त्य भने हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत