शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साझा पार्टीद्वारा दाङ प्रदेशसभा उम्मेदवार घोषणा

शनिबार, १६ कात्तिक २०७६, १५ : १६
शनिबार, १६ कात्तिक २०७६

काठमाडौँ । साझा पार्टीले दाङ क्षेत्र नं ३ (ख) मा सामाजिक अभियन्ता शिवकुमार चौधरीलाई उम्मेदवार बनाउने भएको छ । 

चौधरीले आफू निर्वाचित भएको खण्डमा खासगरी खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्धन, केटाकेटीहरूलाई खेल्ने पार्कहरूको निर्माण, बृद्धबृद्धाहरूलाई बस्ने–टहलिने ठाउँहरू, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थाका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं २ र भक्तपुर क्षेत्र नं १ को प्रदेश (क)मा उम्मेदवार घोषणा गरिसकेको छ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि उपनिर्वाचनकाे मिति तय गरेकाे छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप