चितवनबाट ५ जुवाडे पक्राउ
शनिबार, १६ कात्तिक २०७६, १५ : ०३
चितवन । इलाका प्रहरी कार्यालय माडीले रु एक लाख ७९ हजार ६५० सहित पाँच जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति माडी नगरपालिका वडा नं ६ मा जुवा खेलिरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार