सरकारी सेवा सुविधाको रकम सामाजिक कार्यमा खर्चने महेश बस्नेतको घोषणा
भक्तपुर । प्रतिनिधिसभाका सांसद एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सांसदले पाउने सरकारी सेवा सुविधाको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा खर्च गर्ने बताएका हुन् ।
सांसद बस्नेतले भने, “मेरो नेतृत्वमा अहिले भक्तपुरले विकासको मुहार फेर्दैछ, अबको तीन वर्षमा भक्तपुर जिल्ला विकासमा नमूनाको जिल्ला बनाउने अठोट गरेको छु, यो सँगै अब मैले सरकारी सरकारी सेवा सुविधाबाट आएको रकमको १० प्रतिशत सामाजिक सेवामा लगाउँछु ।”
बस्नेतले घोषणासँगै पहिलो रकम मध्यपुरथिमि नगरपालिकामा रहेको खाँसी पोखरी पुनःनिर्माणको लागि रु एक लाख सहयोग गरे। उनले सांसदले पाउने क्षेत्र विकास कोषबाट मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक गरेको शंखधर पार्क निर्माणमा रु ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
त्यसैगरि सांसद बस्नेतले क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भू–क्षय नियन्त्रणको व्यवस्थित गेट निर्माणको लागि रु ३० लाख र इ–लाईव्रेरीको लागि रु ३० लाख गरी ६० लाख उपलब्ध गराउने समेत घोषणा गरे ।
सरकारले मध्यपुरथिमिको नीलवाराहीलाई इको पार्क वा जातीय संग्राहलयमध्ये कुनै एकको रुपमा विकास गर्ने योजना सहित रु एक करोड ५० लाख रकम विनियोजन भएको बताए । त्यसैगरि भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको सम्पदा वस्ती संरक्षण गर्न सरकारले रु १५ करोड रकम व्यवस्था गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै