शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने दाहालको लक्ष्य

शनिबार, १६ कात्तिक २०७६, १४ : ३७
शनिबार, १६ कात्तिक २०७६

झापा । नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन गएका छन् । उनलाई आज बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।

यही कात्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाललगायत ९० मुलुकका खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । दुबई जाने नेपाली टोलीमा दुई जना खेलाडीसहित सात जना रहनेछन् । 
दुबईमा उनले ६० केजी तौल समूहबाट प्रतिष्पर्धा गर्दै छन् । सत्तरी केजी तौल समूहबाट काठमाडौँका मरिचमान लामाले सो प्रतियोगितामा भाग लिने उनले जानकारी दिए । झापाको विर्तामोड–४ निवासी दाहालले बडी ग्यारेज नामक फिटनेस सेन्टर सञ्चालन गर्दै आएका छन् । 

सन् २०१३ मा हङ्कङमा भएको एशियन खेलकूद प्रतियोगितामा उनले शारीरिक सुगठनको ६० केजी तौल समूहमा रजतपदक जितेका थिए । 
यस्तै उनले सन् २०१५ र सन् २०१८ मा भएको साफ खेलकूदमा ६० केजी तौल समूहमा स्वर्णपदक जितेका थिए । देशभित्र आयोजना हुने गरेका अधिकांश राष्ट्रिय प्रतियोगितामा उनी पहिलो हुँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप