गुल्मीमा दुई बालकसहित ३ जनाको बेबारिसे शव
शनिबार, १६ कात्तिक २०७६, १४ : २५
![गुल्मीमा दुई बालकसहित ३ जनाको बेबारिसे शव](https://rpcdn.ratopati.com/media/albums/death-mrityu-dead-body_ptLp67BAc9.jpg)
बुटवल । गुल्मीमा बेवारिसे अवस्थामा ३ वटा शव फेला परेको छ । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ स्थित पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र अन्दाजी ७/८ वर्षीय २ बालकको शव बेबारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।
कच्ची सडकबाट ४ मिटर दूरीमा बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर दूरीमा २ जना बालकको शव फेला परेको प्रहरीको भनाइ छ ।
घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षकको कमाण्डमा एक टोली पठाइएको एसपी खड्काले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’