बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट बालकको ज्यान गयो

शनिबार, १६ कात्तिक २०७६, १३ : १०
शनिबार, १६ कात्तिक २०७६

बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको ज्यान गएको छ।  लु १ ख ८४७७ नम्बरको बसको ठक्करबाट स्थानीय राजेश थारुका डेढ वर्षिया छोरा टोपेन्दर थारुको ज्यान गएको हो ।

झण्डा स्थित शुद्धुराम थारुको घरमा पार्किङ्गबाट बस निकालेर भैरहवाका लागि जाने क्रममा खेलिरहेका बालकलाई बसले ठक्कर दिएको थियो भने उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ । 
 बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप