शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा

शनिबार, १६ कात्तिक २०७६, १२ : ३३
शनिबार, १६ कात्तिक २०७६

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । 
नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिबार २३ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् । नेपालले म्यानमारसँग यही नोभेम्बर ७ तारिख मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट अन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोट अन्तर्गत नेपालले नोभेम्बर १९ तारिख घरेलु मैदान दशरथ रंगशालामा कुवेतसँग खेल्दैछ । मैत्री खेलका लागि कप्तान एवं गोलरक्षक किरण चेम्जोङ र रोहित चन्दलाई राखिएको छैन । किरण र रोहित अहिले ब्यवसायिक खेलका लागि देश बाहिर छन् ।
नेपाली टोली

गोलरक्षकः विकेश कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाले

रक्षकः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, दवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

मिडफिल्डरः सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ,

स्ट्र«ाइकरः भरत खवास, विमल घर्तीमगर, अभिष्ोक रिजाल र नवयुग श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप