मिचिँदै नदी र पोखरी, फैलँदै छठ

बढ्दो सहरीकरणले उपत्यकाका नदी तथा पोखरी मिचिँदैछन् । यिनै साँघुरा नदी तथा पोखरीका किनारमा मनाइने सांस्कृतिक सद्भावको पर्व छठ भने फैलँदो छ । परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पछिल्लो समय धार्मिक सद्भावको पर्व बन्न थालेको छ ।
एक दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बी समुदायमा सीमित यो पर्व पछिल्लो समय पहाडी समुदायसँगै पहाडी भूभागमा पनि फैलिएको छ । त्यसको झल्को राजधानीका नदीकिनार तथा पोखरीमा देखिन्छ । आठ दशकअघि कालीमाटी टंकेश्वरको विष्णुमती नदीमा केही व्यक्तिले सुरु गरेको छठ पूजा अहिले काठमाडौं उपत्यकाका मात्रै २० भन्दा बढी स्थानमा गरिन्छ ।
‘उति बेला रौनियार थरका केही मान्छे जम्मा भएर पूजा गरेको देख्थ्यौं,’ ७० वर्षीय श्यामसुन्दर उपाध्यायले ६ दशकअगाडिको छठ पूजाको सम्झना गर्दै भने, ‘हेर्ने मान्छे पनि खासै हुँदैनथे ।’ १० वर्ष यता भने राजधानीका विभिन्न ठाउँमा छठ पूजा गर्ने र हेर्ने मानिसको भिड लाग्नेगरेको उनले सुनाए । उपाध्यायले भनेजस्तै यति बेला कालीमाटी, रानीपोखरी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वरको बागमती पुल, गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायतका स्थान शनिबार साँझ हुने छठपूजाका लागि सिँगारिएका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा उपेन्द्र लामिछानेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी