शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको क्लीन स्वीप

शुक्रबार, १५ कात्तिक २०७६, २२ : ४६
शुक्रबार, १५ कात्तिक २०७६

एजेन्सी-घरेलु टोली अष्ट्रेलियाले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिजमा क्लिन स्वीप गरेको छ । मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले श्रीलंकालाई सात विकेटले हरायो । यस जितसँगै अष्ट्रेलियाले सिरिज ३–० ले जितेको छ ।

श्रीलंकाले दिएको एक सय ४३ रनको लक्ष्य अष्ट्रेलियाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ५७ रन बनाए । कप्तान आरोन फिन्चले ३७ र एस्टन टर्नरले अविजित २२ रन जोडे । श्रीलंकाका लासिथ मालिंगा, लाहिरु कुमारा र नुवान प्रदीपले एक एक  विकेट लिए ।

 यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल परेराले ५७ रन बनाए । अभिस्का फर्नान्डोले २० र भानुका राजपाक्षले अविजित १७ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क, केन रिचार्डसन र पाट कुमिन्सले समान दुई दुई विकेट लिए ।   श्रीलंकाविरुद्ध अष्ट्रेलियाले पहिलो खेलमा एक सय ३४ रन र दोस्रो खेलमा नौ विकेटको जित हात पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप