भारत र जर्मनीबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर
नयाँ दिल्ली- भारत र जर्मनीले शुक्रबार विभिन्न कृत्रिम वौद्धिकता, शिक्षा, कृषि, सामुद्रिक प्रविधिलगायत २० बिषयमा सम्झौता गरेका छन् ।
भारत भ्रमणमा रहेका जर्मन चान्सलर एन्जेला मर्केल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार दुई मुलुकका अधिकारीहरूबीच नौसेना, अनुसन्धान तथा विकासको क्षेत्रमा कृत्रिम वौद्धिकतालाई रोक्न हरीत शहरको गतिशिलताका लागि इन्डो–जर्मन साझेदारी र रणनीतिक आयोजनालाई मजबुत पार्न सहकार्य गर्ने बिषयमा सहमति भएको भेटपछि दुई देशद्वारा जारी गरेको संयुक्त घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा नागरिक उड्डयन,अन्तर्राष्ट्रिय स्मार्ट शहरी सञ्जाल, सीप विकास र व्यावसायिक शिक्षा तथा तालीमको अनुभव आदानप्रदान गर्ने उल्लेख छ । बिमाकृत श्रमिक तथा अपाङ्ग व्यक्तिहरू व्यावसायिक रोगहरू, पुनरूद्दार तथा पेशागत तालीमका क्षेत्रलगायत बिषयमा पनि अनुभव आदानप्रदान गर्ने सहमति दुई देशले गरेका छन् ।-एएनआई/Photo: Dainik-bhaskar
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?